विजय लघुवित्तको एफपीओ बाँडफाँट, ४६ हजार ६८१ आवेदकले पाए १० कित्ता

विज्ञापन
ncell

विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो। गोलाप्रथाबाट ४६ हजार ६८१ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेका ७ कित्ता सेयर पनि सोही समूहका लगानीकर्तामाझ बाँडफाँट गरिएको छ।


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। उक्त निष्काशनमा २१ लाख ९९ हजार २६ जना आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदनहरू रद्द गरिएको छ।

निष्काशित सेयरको तुलनामा माग अत्यधिक भएपछि गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको हो। गोलाप्रथाबाट ४६ हजार ६८१ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेका ७ कित्ता सेयर पनि सोही समूहका लगानीकर्तामाझ बाँडफाँट गरिएको छ। जसअनुसार ७ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्। कम्पनीले गत पुस २१ गतेदेखि २४ गतेसम्म एफपीओ निष्काशन गरेको थियो ।