होटल फरेष्ट इनको आईपीओ आजदेखि निष्काशन, अधितकम दुई लाख कित्तासम्म आवेदन दिन सकिने

होटल फरेष्ट इनले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम् १० कित्ता र अधितकम दुई लाख कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन् ।

काठमाडौं । होटल फरेष्ट इनले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम् १० कित्ता र अधिकतम दुई लाख कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनिले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ । 

यस आईपीओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ । आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर वितरण गरिसकेपछि कम्पनिले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ ।