देउवा पक्ष आइतबार आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने
देउवा पक्षका नेताहरु माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको हो । उता कांग्रेस आधिकारिकता पाएपछि गगन थापा समुहले भने एकताको लागि आव्हान गरेको छ ।
नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा आइतबार (माघ ४ गते) सर्वोच्च अदालत जाने भएका छन् ।
देउवा पक्षका नेताहरु माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको हो । बिहान सानेपामा पुर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
'निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,' प्रवक्ता महतले भने ।
सर्वोच्च अदालतमा अधिकांस न्यायधिसहरु देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका छन् । यसो हुँदा देउवा पक्षमा निर्णय आउने देउवा पक्षका नेताहरुको विस्वास छ । उता कांग्रेस आधिकारिकता पाएपछि गगन थापा समुहले भने एकताको लागि आव्हान गरेको छ । निर्वाचन आयोगको निर्णयलाई स्वागत गर्दै थापा समुहरुले निर्वाचनको तयारीलाई अघि बढाएको छ ।