विजय लघुवित्तको एफपीओ आगामी मंगलबार बाँडफाँड हुने, २३ लाख ४५० जनाले दिए आवेदन
विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आगामी मंगलबार बाँडफाँड गरिने भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको शेयर स्वामित्व ७०:३० कायम गर्न पुस २१ गतेदेखि आजसम्म एफपीओ निष्काशन गरेको थियो । जसमा २३ लाख ४५० जनाले आवेदन दिएका छन् ।
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आगामी मंगलबार बाँडफाँड गरिने भएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले विजय लघुवित्त वित्तीय संस्था को एफपीओ माघ ६ गते मंगलबार बाँडफाँड गरिने जानकारी दिएको हो ।
लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको शेयर स्वामित्व ७०:३० कायम गर्न पुस २१ गतेदेखि आजसम्म एफपीओ निष्काशन गरेको थियो । जसमा २३ लाख ४५० जनाले आवेदन दिएका छन् ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४:३९:२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । अब आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०-१० कित्ताका दरलले शेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ ।