नेको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई १५.७८ प्रतिशत प्रतिफल
नेकोको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १२.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
इन्स्योरेन्सको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १२.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।