माघ १२ गतेदेखि भुजुङ हाइड्रोपावर आईपीओ खुल्दै, सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता

भुजुङ हाइड्रोपावरले सर्वसाधारणका लागि माघ १२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनिले दोस्रो चरणअन्तर्गत आम लगानीकर्तालाई कुल ८ लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

काठमाडौं । भुजुङ हाइड्रोपावरले सर्वसाधारणका लागि माघ १२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनिले दोस्रो चरणअन्तर्गत आम लगानीकर्तालाई कुल ८ लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड सम्पन्न भइसकेको कम्पनिले जनाएको छ।

कम्पनीले कुल निष्कासित सेयरमध्ये सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कम्पनिका कर्मचारीहरूका लागि २० हजार कित्ता सेयर सुरक्षित गरेको छ। बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यो आईपीओ छिटोमा माघ १५ गते र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ २६ गतेसम्म बन्द हुने कम्पनिले जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। भुजुङ हाइड्रोपावरले कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ११ गते अनुमति पाएको थियो।