आज पनि सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको १५ सय रुपैँयाले बढेर २ लाख ७८ हजार कायम भएको हो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । त्यस्तै चाँदी पनि ३१५ रुपैँयाले बढेर ५ हजार ६६५ रुपैँया तोकिएको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेर उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको १५ सय रुपैँयाले बढेर २ लाख ७८ हजार कायम भएको हो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो ।

त्यस्तै चाँदी पनि ३१५ रुपैँयाले बढेर ५ हजार ६६५ रुपैँया तोकिएको छ । यो चाँदीको मूल्य पनि हालसम्मको उच्च हो । यसअघि मंगलबार सुन २ लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको थियो भने चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।