बैंकहरुको नाफा १६%ले घट्यो, ५ महिनामा पौने २६ अर्ब कमाउँदा नबिल र ग्लोबल आइएमईकै प्रतिस्पर्धा
सदाझै चालू ५ महिनामा पनि उच्च नाफा कमाउनेमा नबिल र ग्लोबल आईएमइ बैंकको प्रतिस्पर्धा छ । मंसिरसम्ममा ग्लोबल आइएमई बैंक र नबिल बैंकले ३ अर्ब बढी नाफा कमाएका छन् ।
काठमाडौं । बैंकहरुको नाफा उच्च दरमा घटेको छ । चालू आर्थिक वर्षको ५ महिना अर्थात् मंसीरसम्म २५ अर्ब ७२ करोड ५ लाख रुपैयाँ कमाएका छन् । जुन नाफा गत वर्षको सोही अवधिको ३० अर्ब ५९ करोड २८ लाखको तुलनामा १५.९२ प्रतिशत कम हो ।
समिक्षा अवधिमा २ बैंकको नाफा ३ अर्ब नाघेको छ । सदाझै चालू ५ महिनामा पनि उच्च नाफा कमाउनेमा नबिल र ग्लोबल आईएमइ बैंकको प्रतिस्पर्धा छ । मंसिरसम्ममा ग्लोबल आइएमई बैंक र नबिल बैंकले ३ अर्ब बढी नाफा कमाएका छन् ।
कुन बैंकको नाफा कति ?
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले पाँच महिनामा ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नबिल बैंक
नबिल बैंकले ३ अर्ब ११ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको पाँच महिनामा बैंकले ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियलले पाँच महिनामा १ अर्ब ९२ करोड ५९ लाख रुपैयाँ कमाएको छ । गत आवमा बैंकको यस्तो नाफा १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
एभरेष्ट बैंक
गत आवको मंसिरसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको एभरेष्ट बैंकले यस वर्ष भने १ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत आवको तुलनामा बैंकको नाफा घटेको हो ।
एनएमबी बैंक
एनएमबी बैंकले चालु आवको ५ महिनामा १ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कुमारी बैंक
कुमारी बैंकले समिक्षा अवधिमा १ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको पाँच महिनामा यस्तो नाफा १ अर्ब ९९ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)
एनआईएमबीले पाँच महिनामा १ अर्ब २३ करोड २४ लाख रुपैयाँको नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्रभु बैंक
प्रभु बैंकले १ अर्ब १६ करोड ७४ लाख रुपैयाँको नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंक
स्टान्डर्ड चार्टर्डको नाफा १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आवको पाँच महिनामा बैंकको नाफा १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले चालु आवको मंसिरसम्म १ अर्ब १३ करोड १५ लाख रुपैयाँ नाफा संकलन गरेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब ३३ करोड ७१ लख रुपैयाँ थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले पाँच महिनामा १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
सानिमा बैंक
गत आवको पाँच महिनामा ९० करोड ४१ लख रुपैयाँ नाफा कमाएको सानिमा बैंकले यो वर्षको पाँच महिनामा भने १ अर्ब ६ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आवको मंसिरसम्म ९७ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवमा कम्पनीले आफ्नो नाफा बढाएर १ अर्ब १७ लाख रुपैयाँ पुर्याएको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकको भने नाफा घटेको छ । गत आवमा १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवमा भने ९२ करोड ६६ लाख रुपैयाँ मात्र नाफा आर्जन गर्न सफल भएको छ ।।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको नाफा ९० करोड ४७ लाख रुपैयाँ छ । गत आवमा बैंकको नाफा १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।
माछापुच्छ्रे बैंक
चालु आवको ५ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८४ करोड ३५ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा ८२ करोड ७४ लाख रुपैयाँ कमाएको थियो ।
एनआइसी एशिया बैंक
चालु आवको ५ महिनामा एनआइसी एशिया बैंकको नाफा ५९ करोड ४५ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा ६३ करोड ३४ लाख रुपैयाँ कमाएको थियो ।
नेपाल बैंक
चालु आवको ५ महिनामा नेपाल बैंकको नाफा ५९ करोड ४ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ कमाएको थियो ।
कृषि विकास बैंक
चालु आवको ५ महिनामा कृषि विकास बैंकको नाफा ४१ करोड ७१ लाख रुपैयाँ छ ।
सिटिजन्स बैंक इन्टरनेशनल
चालु आवको ५ महिनामा सिटिजन्स बैंकको नाफा २४ करोड ३७ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा ६९ करोड ४९ लाख रुपैयाँ कमाएको थियो ।