नेपाल शैक्षिक परामर्श संघमा लक्ष्मण पौडेलको अध्यक्षतामा बन्यो नयाँ कार्यसमिति

उपाध्यक्षमा बासुदेब दाहाल, विकल्प राज पोखरेल र गीता शिवाकोटी चयन भएका छन् । महासचिवमा भवनाथ हुमागाई निर्वाचित हुँदा सचिवमा सुरज सिलवाल र आशिक कार्की चयन भएका छन् ।

काठमाडौं । नेपाल शैक्षिक परामार्श संघ (इक्यान) मा नयाँ कार्यसमिति चयन भभएको छ। इक्यान कार्यसमितिको अध्यक्षमा लक्ष्मण (एन्ड्रयु) पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा बासुदेब दाहाल, विकल्प राज पोखरेल र गीता शिवाकोटी चयन भएका छन् । महासचिवमा भवनाथ हुमागाई निर्वाचित हुँदा सचिवमा सुरज सिलवाल र आशिक कार्की चयन भएका छन् ।

कोषाध्यक्षमा साधना पुडासैनी र सह-कोषाध्यक्षमा गोविन्द खनाल छन्।इक्यानको नयाँ कार्यसमिति सदस्यहरुमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक कुमार हाथी, दिनेश पौडेल, सन्जिब पाण्डे, शिव प्रसाद अर्याल र कमल प्रसाद तिमल्सिना छन् ।