रास्वपाबाट धोका भएको कुलमान घिसिङको भनाइ, चुनावमा साथ दिन आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता टुटेसँगै उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको बताएका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर राखेको बताउँदै धोका भएको स्पष्ट पारे । आफ्ना कार्यकर्तालाई पार्टी प्रवेश गराएर अन्ततः एकता भंग गरेको उनको आरोप थियो ।
१२ दिनसम्म इंगेज गराएर राखेको र सोही अवधिमा उज्यालो नेपालका धेरै साथीहरूलाई रास्वपामा प्रवेश गराएको उनको भनाइ थियो । उनले मुख्य मुद्दामा समावेशी र संघीयतासँग सम्बन्धित संविधानले देखाएका विषयमा सहमत भए पनि त्यसबाट पछि हटेको गुनासो गरे।
उनले आफूले मौका दिए भ्रष्टाचार मुक्त समाजसँगै समृद्ध नेपाल बनाउने दाबी गरे। उनले देशमा लोडसेडिङ अन्त्य गरेर घरघर उज्यालो पुर्याएजस्तै देशको मुहार फेर्ने बताए।