वायुसेवा संचालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे
संघको प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका संचालक निमा नुरु शेर्पा, द्वितिय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश पनेरु छन् ।
काठमाडौं । वायुसेवा संचालक संघ, नेपाल (आयोन) को अध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध संचालक प्रतापजंग पाण्डे चयन भएका छन् ।
संघको शुक्रबार सम्पन्न २५औं साधारणसभाबाट पाण्डे अध्यक्ष चयन भएका हुन् । संघको प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका संचालक निमा नुरु शेर्पा, द्वितिय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश पनेरु छन् ।
संघको महासचिवमा सिम्रिक एयरका प्रवन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रवन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रुपेश जोशी चयन भए ।
संघको कार्यसमिति सदस्यमा सीता एयरका घनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य,फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्ववल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट, हेलि एभरेष्टका फुर्वा छिरिङ र बेसक्याम्प हेलिकोप्टरका श्रोमहर्ष श्रेष्ठ चयन भएका छन् ।