एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउने
एशियन लाइफले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् । विभिन्न ८ क्याटेगोरीमा विभाजित एसियनको बीमालेखहरु उमेर समूह अनुसार फरक फरक बोनस दर निर्धारण गरिएको छ ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।
कम्पनीले आव २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् । विभिन्न ८ क्याटेगोरीमा विभाजित एसियनको बीमालेखहरु उमेर समूह अनुसार फरक फरक बोनस दर निर्धारण गरिएको छ । घोषित बोनस दर आर्थिक वर्ष २०८१/८२ र अर्को दर तय नहुँदासम्म अन्तरिम बोनसका रुपमा प्रयोग हुनेछ ।
यस्तो छ बोनस दर तालिका