एनआइसी एशिया बैंकको लकर सेवामा माघ ६ गतेसम्म ग्राहकलाई ३० प्रतिशत छुट

अफर अनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन् । यो अफरले ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज हुने बैंकको विश्वास छ।

काठमाडौं । एनआइसी एशिया बैंकले लकर सुविधामा नयाँ अफर ल्याएको छ । बैंकले लकर सेवामा ग्राहकलाई ३० प्रतिशत छुट दिने अफर ल्याएको हो ।

यो अफर माघ ६ गतेसम्मका लागि ल्याइएको बैंकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ । अफर अनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन् । यो अफरले ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज हुने बैंकको विश्वास छ।