एनएमबि बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४३ अर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौं । एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।

साधारण सभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभा सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा सहभागी सेयरधनीहरूले बैंकको समग्र गतिविधि, वित्तीय अवस्था तथा भावी रणनीतिबारे आ–आफ्ना धारणा राख्दै छलफल गरेका थिए ।

साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ आषाढसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै, बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४३ अर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।