करिब पाँच अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट
बिहिबार नेप्से ४.५९ अंकले बढ्दै २६४०.५४ बिन्दुमा पुगेको छ । आज ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ को भने घटेको छ। त्यस्तै १५ कम्पनिको सेयर मूल्य भने स्थिर छ । त्यस्तै सानभी एनर्जीको मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ
काठमाडौ । हिजो घटेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने बढेको छ । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से ४.५९ अंकले बढ्दै २६४०.५४ बिन्दुमा पुगेको हो । आज ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। हिजो भने ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ को भने घटेको छ। त्यस्तै १५ कम्पनिको सेयर मूल्य भने स्थिर छ । त्यस्तै सान्भी एनर्जीको मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै उच्च मूल्य बढ्नेहरुमा एसवाइ प्यानल, खानिखोला हाइड्रोपावर रहेका छन् । घटेको बजारमा सबैभन्दा धेरै मूल्य घट्नेमा सुपर मादी हाइड्रोपावरको मूल्य ३.९० प्रतिशतले घटेको छ । त्यस्तै मूल्य घट्नेहरुमा सिटिजन्स म्युचल फन्ड,गणपति लघुवित्त रहेका छन् । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २० करोड ६ लाख बराबरको सेयर कारोबार भएको हो।