नेप्सेमा १३.३५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

बुधबार नेप्से सूचक १३.३५ अंकले घट्दै २६३५.९४ विन्दुमा झरेको छ । आज ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ को भने घटेको छ। त्यस्तै १० कम्पनिको सेयर मूल्य स्थिर छ ।

काठमाडौ । लगातार दुई दिन बढेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने घटेको छ । बुधबार नेप्से सूचक १३.३५ अंकले घट्दै २६३५.९४ विन्दुमा झरेको छ । आज ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ को भने घटेको छ। त्यस्तै १० कम्पनिको सेयर मूल्य भने स्थिर छ । 

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ । त्यस्तै उच्च मूल्य बढ्नेहरुमा फर्स्ट माइक्रोफाइनान्स, शुभम पावर रहेका छन् । घटेको बजारमा सबैभन्दा धेरै मूल्य घट्नेमा एसवाई प्यानल, जीवन विकास लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।