वीरगञ्जमा साँझ ६ बजेसम्म कर्फ्यू

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

काठमाडौं । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो ।