३१०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

आज छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँले वृद्धि भएर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि तोलामा १९५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँ पुगेको छ ।

काठमाडौ । आज मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँले वृद्धि भएर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । त्यस्तै सोमबार भने २ लाख ६५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आइतबारको तुलनामा हिजो सोमबार पनि सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १९५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा हिजो सोमबार चाँदीको भाउ प्रतितोला १८५ रुपैयाँ बढेको थियो ।