समृद्धि-पोखरा फाइनान्स समान हैसियतमा मर्ज हुने, स्वाप रेसियो एक बराबर एक

दुवै फाइनान्सको स्वाप रेसियो १ः१ अनुपात तय भएको छ । संयुक्त मर्जर समितिबाट दुबै फाइनान्सको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुबै फाइनान्सको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गरी स्वाप अनुपात निर्धारण गरेको हो ।

काठमाडौं । मर्जरमा जान तयार भएका समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीचको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ ।

दुवै फाइनान्सको स्वाप रेसियो १ः१ अनुपात तय भएको छ । आइतबार बसेको समृद्धि फाइनान्सको सञ्चालक समितिको बैठकले स्वाप रेसियो पारित गरेको छ ।

दुवै फाइनान्स मर्जरमा जानका लागि २०८२ साउन ४ गते सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै फाइनान्सको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुबै फाइनान्सको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १ः१ सेयर आदान प्रदान अनुपात निर्धारण गरेको थियो ।