तत्कालीन गृहमन्त्री लेखकको स्थान हद फुकुवा

असोज १२ गते बसेको आयोगको बैठकले लेखकलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । लेखकले सोमबार आयोगमा गएर बयान दिएका थिए ।

काठमाडौं । भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलन र उक्त आन्दोलनसँग सम्बन्धीत घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ ।

आज आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थान हद फुकुवा गरेको जनाएको छ । असोज १२ गते बसेको आयोगको बैठकले लेखकलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । लेखकले सोमबार आयोगमा गएर बयान दिएका थिए ।