एकैदिन प्रतितोला ७९०० ले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ ।

 काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार भने ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।