राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा साढे ५ अर्ब राख्ने, बढी ब्याज दिनेले पाउने

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ५५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।

यसका लागि पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीको मुद्दती निक्षेपमा २७ करोड ७५ लाख रुपैयाँ लगानी गरिने छ । यसको अवधि ३६६ दिनका लागि रहेको छ ।