प्रि ओपन सेसन : करिब ७ अंक बढ्यो नेप्से

आइतबार ४७.५५ अंक बढेर २६३३.४२ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि ओपन सेसनमा ६.७४ अंक बढेर २६४०.१६ विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४२ अंक बढेको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब ७ अंक बढेर बन्द भएको छ ।

आइतबार ४७.५५ अंक बढेर २६३३.४२ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि ओपन सेसनमा ६.७४ अंक बढेर २६४०.१६ विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४२ अंक बढेको छ ।

सोमबार प्रि ओपन सेसनमा ६८ स्टकको १०७ पटकको कारोबारमा ४ करोड ६६ लाख ४७ हजार ७०६ रुपैयाँ ७० पैसाबराबरको ७३ हजार ४७१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर छ ।