अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो घट्यो, पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर
युरो एकको खरिद दर आज १६८.९० रुपैयाँ कायम भएको छ। बिक्री दर १६९.६१ रुपैयाँ छ । आइतबार युरोपियन युरो एकको खरिद दर १६८.९९ रुपैयाँ र बिक्री दर १६९.६९ रुपैयाँ थियो ।
काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १४३.४७ रुपैयाँ रहँदा बिक्री दर १४४.०७ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो ।
यस्तै, युरोपियन युरो एकको खरिद दर आज १६८.९० रुपैयाँ कायम भएको छ। बिक्री दर १६९.६१ रुपैयाँ छ । आइतबार युरोपियन युरो एकको खरिद दर १६८.९९ रुपैयाँ र बिक्री दर १६९.६९ रुपैयाँ थियो । आज युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १९३.६८ रुपैयाँ र बिक्री दर १९४.४९ रुपैयाँ रहेको छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिद दर १९३.५८ रुपैयाँ र बिक्री दर १९४.३९ रुपैयाँ थियो ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३० पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ०५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २१ पैसा रहेको छ ।
यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।