नबिल बैंकको ७११४० कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ३५० रुपैयाँ
बैंकको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र खरिद मूल्य तोकीआवेदन दिनु पर्ने छ ।
काठमाडौं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७१ हजार १४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र खरिद मूल्य तोकी आवेदन दिनु पर्ने छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुृनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।