हिमालयन एभरेस्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने

हिमालयन एभरेष्टको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँ छ ।

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । हिमालयन एभरेष्टको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँ छ ।

नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ ।