विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने, साढे ४ लाख कित्ता सेयर बेचिने

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको अनुपातलाई ७०ः३० कायम गर्नु पर्ने भन्दै कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि थप सार्वजनिक प्रस्ताव (एफपीओ) निष्काशन गर्ने भएको छ ।

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको अनुपातलाई ७०ः३० कायम गर्नु पर्ने भन्दै कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । यसमा सर्वसाधारणले पुस २१ गतेदेखि पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । यो एफपीओ निष्काशन गरी बाँडफाँट गरेपछि कम्पनीको कुल सूचीकृत सेयर संख्या ७९ लाख १७ हजार २२० कित्ता कायम रहनेछ ।

कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।