सुन प्रतितोला ५५०० रुपैयाँ बढेपछि समात्यो नयाँ उचाई, चाँदीमा पनि रेकर्ड कायम
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
काठमाडौं । आज सुन र चाँदीको दुवैको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
सोमबार २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।