सेयर बजार १९.९२ अंकले घटेर झर्यो २६०० मुनी, साढे ४ अर्बको कारोबार

आइतबार ४३ कम्पनीको मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ । आइतबार एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिन्धु विकास बैंकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १९.९० अंकले घटेर परिसूचक २५९५.१० बिन्दु कायम भएको छ ।

कारोबारमा आएका उपसमूहमा म्युचुअल फण्ड बाहेकका सबै घट्दा बजार ओह्रालो लागेको हो । जीवन बीमाको सूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ । बजारमा सेयर मूल्य घट्दा २०७ कम्पनीका लगानीकर्ता नोक्सानमा परेका छन् ।

कारोबारमा सबै समूहका उपसूचक राताम्मे भएका छन् । यो दिन ४३ कम्पनीको मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ । कारोबारमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिन्धु विकास बैंकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।