नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, ६.३ प्रतिशत प्रतिफल
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद (कर समेत) लाभांश वितरण गर्ने निर्णय गरेको छ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद (कर समेत) लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।