सन नेपाल लाइफको २०.२६ प्रतिशत प्रतिफल, नगद र बोनस कति ?
सन नेपाल लाइफले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सको अहिले ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी छ ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २०.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिले बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सको अहिले ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी छ । इन्स्योरेन्सको साधारण सभा र प्राधिकरणको स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन् ।