नेशनल लाइफ इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

चुक्ता पुँजीको ८.५ प्रतिशतले हुन आउने ४६ करोड ५१ लाख ८२ हजार ८७८ रुपैयाँ नगद र चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ९ हजार ५८९ रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीले पाउनेछन्।

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको बुधबार भएको बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित नगद र बोनस सेयर गरेर १३.१५ प्रतिशत प्रतिफल पाउनेछन् । कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ छ ।

चुक्ता पुँजीको ८.५ प्रतिशतले हुन आउने ४६ करोड ५१ लाख ८२ हजार ८७८ रुपैयाँ नगद र चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ९ हजार ५८९ रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीले पाउनेछन् ।

घोषित लाभांश नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

नेशनल लाइफले आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर दिएको थियो भने त्यसअघिको वर्षमा  १० प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर दिएको थियो ।