चन्द्रागिरी हिल्सद्धारा ५.२६ प्रतिशत लाभांश घोषणा, साधारण सभा आह्वान

कम्पनीले आव २०८१/८२ को प्रस्तावित बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ ।

काठमाडौं । चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, बैठकले कम्पनीको १६औं वार्षिक साधारण सभा यहि पुष २३ गते चन्द्रागिरी हिल्स लिमिटेड, बटम स्टेशन परिसर थानकोट, काठमाडौंमा बिहान ११ बजे डाकेको छ । सभामा कम्पनीको आव २०८१/८२ को प्रस्तावित बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । 

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।