मेलम्ची भ्रष्टाचार प्रकरणमा सर्वोच्च गयो अख्तियार, भीम उपाध्यायसहित ४ पूर्वसचिवसमेत १७ जना
जेनजी-सरकार सम्झौताका हस्ताक्षरकर्ता भोजविक्रम थापा पनि प्रतिवादी
मेलम्ची आयोजना भ्रष्टाचारमा अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पौने ७ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाई दिएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर , रुद्रसिंह तामाङ,तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल लगायत १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।
फैसला पुनरावलोकनका लागि आइतबार सर्वोच्चमा गरिएको पुनरावेदनमा हालैमात्र जेनजी शहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापा पनि विपक्षी छन् । थापा मेलम्ची भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन उपसचिव हुन् । थापाको परिवारका सदस्य जेनजी आन्दोलनमा कोही परेका थिएनन्,तर उनी शहीद परिवारको प्रतिनिधिका रूपमा प्रधानमन्त्रीसँग हस्ताक्षरकर्ता बनेका थिए ।
मेलम्ची आयोजना भ्रष्टाचारमा अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पौने ७ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो ।