नबिल बैंकद्धारा साढे १२ प्रतिशत नगद लाभांस दिने घोषणा
मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात घोषित नगद लाभांश वितरण गरिनेछ ।