धादिङको चालिसेमा सात वटा सवारी साधन एक आपसमा ठोक्किए
एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी सात वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् । दुर्घटनापछि दुवैतर्फको सडक केही समय पूर्ण अवरुद्ध बनेको थियो ।
काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा सात वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार दुर्घटनामा परेर केही मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेट भएको ट्रकको ब्रेक फेल भई अन्य सवारीमा ठक्कर दिँदा श्रृंखलाबद्ध दुर्घटना भएको हो ।
एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी सात वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् । दुर्घटनापछि दुवैतर्फको सडक केही समय पूर्ण अवरुद्ध बनेको थियो । दुर्घटनाबाट ठूलो मानबीय क्षति हुनबाट जोगिएको बताइएको छ ।
घाइतेहरूलाई स्थानीयले प्रहरीको सहयोगमा उद्धार गरी नजिकका स्वास्थ्य संस्था तथा आवश्यक परेकालाई काठमाडौंतर्फ ल्याइएको र उद्धारको काम चलिरहेको छ । दुर्घटनाको कारण रोकिएको सवारी आवागमन साँझ ६.१५ वजे सम्म खुल्न सकेको छैन । केही बेरमा सवारी खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।