साताभर सुनको मूल्य तोलामा १८०० ले बढ्यो
मंसिर १२ गते नेपाली बजारमा प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंसिर १९ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौंं । यो साताभर सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको छ । मंसिर १२ गते नेपाली बजारमा प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंसिर १९ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सप्तहान्तमा प्रतितोला १८०० रुपैयाँ बढेको सुनले साताभर भने उतारचढाव कायम राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भयो भने सोमबार २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भयो । त्यस्तै, मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भयो । विहीबार प्रतिाोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भको सुन शुक्रबार २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।