ग्रीन डेभलपमेन्ट बैंकद्धारा लाभांस घोषणा, बोनस र नगद कति ?

मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ ।