सिंगटी हाइड्रोले बोनस सेयरपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्ने र हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने बताइएको छ ।

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सो बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले निर्णय गरेको हो ।

हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि सो बैठकले गरेको छ । सो प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ।