कस्ता कम्पनी र ब्रोकरलाई मार्जिन कारोबारमा सामेल गर्ने ? धितोपत्र बोर्डले माग्यो सुझाव

मार्जिन कारोवारका लागि कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजीभन्दा बढी भएको, तिरन्तर दुई वर्ष लाभांश वितरण गरेको, सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पुरा गरेको हुनु पर्नेछ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन–२०८२ का लागि सुझाव माग गरेको छ । यसमा सात दिन भित्र सुझाव दिनु पर्ने बोर्डले जनाएको छ ।

बोर्डले तयार पारेको मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा)मा मार्जिन कारोवारका लागि कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पुरा गरेको सूचिकृत संगठित संस्थाको सेयर मात्र योग्य हुनेछ ।

मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यतामा बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले चुक्ता पुँजीको कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पुरा गरेको हुनुपर्ने लगायतका सर्त छन् ।

यस्तो छ मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनको मस्यौदा

प्रकाशन भएका दस्तावेजहरू

692453d9232ec_1763988441.pdf