इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति
कम्पनीले ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
इलेक्ट्रो पावर कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले मङ्सिर १ गते ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । इलेक्ट्रो पावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ ।
इलेक्ट्रो पावरले सिन्धुपाल्चोकमा ४४ मेगावाटको भोटेकोशी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । इलेक्ट्रो पावरमा सगरमाथा जलविद्युत कम्पनीको १८ प्रतिशत, नेशनल इक्विटी फण्ड १ को १४ प्रतिशत, कभी होल्डिग प्रालिको ६ प्रतिशत, एनआईबिएल इक्विटी पार्टनर्सको ६ प्रतिशत तथा मोहन विक्रम कार्कीको ६ प्रतिशत शेयर लगानी छ ।
कार्की कम्पनीका अध्यक्ष पनि हुन् । कम्पनीको अन्य संचालकमा माधव प्रसाद मैनाली, दिपक राज जोशी, श्रीजेश गुरागाई, कुन्ती देवी लिम्बु र डा. भोगेन्द्र कुमार गुरागाई छन् ।