राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष भए रमेश अर्याल, लिए शपथ
२०८२ साल मंसीर ५ गतेको कम्पनी संचालक समिति बैठकले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका अर्याल संचालक समितिको अध्यक्ष चयन भएसँगै प्राधिकरणमा पुगेर सपथ लिएका हुन् ।
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनीको संचालक समितिका अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
२०८२ साल मंसीर ५ गतेको कम्पनी संचालक समिति बैठकले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका अर्याल संचालक समितिको अध्यक्ष चयन भएसँगै प्राधिकरणमा पुगेर सपथ लिएका हुन् ।
त्यस अवसरमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायतका पदाधिकारीहरू उपस्थित थिए ।