अर्थ मन्त्रालयका २० गाडीको बीमा गरेर सरकारी सवारी साधनको बीमा सुरु

अर्थ मन्त्रालयले आफ्नो स्वामित्वमा रहेका २० वटा चार पाङ्ग्रे सवारी साधनको नेपाल बीमा कम्पनीमार्फत पूर्ण बीमा गराएको छ । अर्थ मन्त्रालयको यो कदमबाट आगलागी वा दुर्घटना जस्ता कारणबाट सवारी साधनमा क्षति पुगेमा त्यसको आर्थिक भार सरकारी कोषमा पर्दैन ।

काठमाडौं । सरकारले सरकारी सवारी साधनहरूको पूर्ण (कम्प्रिहेन्सिभ) निर्जीवन बीमा गर्ने नीति कार्यान्वयनमा ल्याएको छ ।

गएको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनहरूको बृहत् बीमा गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन स्वरूप अर्थ मन्त्रालयले आफ्नो स्वामित्वमा रहेका २० वटा चार पाङ्ग्रे सवारी साधनको नेपाल बीमा कम्पनीमार्फत पूर्ण बीमा गराएको छ ।

अर्थ मन्त्रालयको यो कदमबाट आगलागी वा दुर्घटना जस्ता कारणबाट सवारी साधनमा क्षति पुगेमा त्यसको आर्थिक भार सरकारी कोषमा पर्दैन

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुगेपछि असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी भौतिक संरचनाको बीमा गर्ने कार्यको थालनी गर्ने र सरकारी सवारीसाधनहरूको पूर्ण बीमा गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि संघीय सरकारका सबै मन्त्रालय, प्रदेश र स्थानीय तहसम्म पत्राचार गरिएको अर्थ मन्त्रालयले जानकारी दिइसकेको छ।

प्रकाशन भएका दस्तावेजहरू

6920548428237_1763726468.pdf