श्रीनगर एग्रिटेकको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?
नेप्सेले पहिलो कारोबारका लागि प्रति कित्ता १००.५९ देखि ३०१.७७ रुपैयाँसम्म मूल्य तोकेको छ । नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिंदै आएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको सेयर सूचीकृत भएको छ ।
नेप्सेसँग शुक्रबार भएको सम्झौता अनुसार श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको अंकित मूल्य १०० रुपैयाँ रहेको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता साधारण सेयर सूचीकरण भएको छ ।
सूचीकृत कुल सेयरमध्ये चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ३२ लाख ६२ हजार ५०० कित्ता सर्वसाधारणको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आइपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । संस्थापक सेयरमा भने तीन वर्षको लकइन अवधि लागू हुन्छ ।
नेप्सेले पहिलो कारोबारका लागि प्रति कित्ता १००.५९ देखि ३०१.७७ रुपैयाँसम्म मूल्य तोकेको छ । नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिंदै आएको छ ।