‘एनआइसी एशिया सेयर लोन’ सार्वजनिक, ‘कर्जा सहायता केन्द्र’ स्थापना

‘एनआइसी एसिया सेयर लोन’अन्तर्गत बैंकले व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।

काठमाडौं । एनआइसी एशिया बैंकले शून्य प्रिमियम सुविधामा प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो राखेर प्रवाह गर्ने भएको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा दिँदै आएको बैंकले ‘एनआइसी एसिया सेयर लोन’को आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । ग्राहकको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा सेयर कर्जा योजना ल्याएको हो ।

योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैंकको सेयर लोनमार्फत ग्राहकलाई सहजीकरण गर्न बैंक तल्लिन रहेको जनाएको छ । यसअवसरमा बैंकले एकद्वार प्रणालीको व्यवस्था अनुरुप ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।