अबदेखी आलु खेतीको पनि बीमा हुने, प्राधिकरणले बीमकहरुलाई दियो निर्देशन

नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूचीमा आलु खेतीलाई समेटेर आलु खेतीको पनि बीमा गर्न बीमा कम्पनी (बीमक) हरुलाई निर्देशन दिएको छ । प्राधिकरणले बीमकहरुलाई बीमा लेख अनुसार आलु खेतीको बिमाङक निर्धारण गर्न भनेको छ ।

काठमाडौं । आलु खेती पनि बीमाको दायरामा आएको छ । नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूचीमा आलु खेतीलाई समेटेर आलु खेतीको पनि बीमा गर्न बीमा कम्पनी (बीमक) हरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले बीमकहरुलाई बीमा लेख अनुसार आलु खेतीको बिमाङक निर्धारण गर्न भनेको छ ।

‘प्राधिकरणबाट जारी भएको तरकारी खेती बीमालेख (उत्पादनमा आधारित) को अनुसूची १ मा तरकारी बाली सम्बन्धी व्यवस्था छ । उल्लेखित बीमालेखको अनुसूची १ मा आलु खेती बीमालेखको विवरण छुट हुन गएकोले अनुसूचीमा तपसिलमा उल्लेख भए बमोजिम क्र.सं. १० देखि १०.६ बमोजिमको आलुको विवरण समावेश गरिएको हुँदा सोही बमोजिम आलु खेती बीमालेखको बीमाङक निर्धारण गर्न, गराउन हुन निर्णयानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ ।


प्रकाशन भएका दस्तावेजहरू

691dc08041d89_1763557504.pdf