प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान, सरकारका कामबारे जानकारी दिइने

सरकारका कामकारवाहीबारे जानकारी दिन प्रधानमन्त्री कार्कीले आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएकी हुन् ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छन् ।

सरकारका कामकारवाहीबारे जानकारी दिन प्रधानमन्त्री कार्कीले आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको छ । सरकारले अहिलेसम्म गरेका निर्वाचनसम्बन्धी र अन्य कार्यहरुका विषयमा दलहरुलाई जानकारी दिइने छ ।