नेप्से र कारोबार रकम दुबै बढ्यो, ५ कम्पनीका लगानीकर्ता मालामाल
सोमबार ३ अर्ब ९४ करोडको कारोबार भएकोमा बुबार ४ अर्ब १० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । २०७ कम्पनीको सेयर मूल्य बढेको प्रभाव नेप्सेमा परेको हो ।
काठमाडौं । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १५.७० अंक बढेर २५६६.०७ अंकमा पुगेको छ भने समूहगत सबै सूचकहरु बढेका छन् । त्यस्तै कारोबार रकम पनि बढेको छ ।
सोमबार ३ अर्ब ९४ करोडको कारोबार भएकोमा बुबार ४ अर्ब १० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । २०७ कम्पनीको सेयर मूल्य बढेको प्रभाव नेप्सेमा परेको हो । त्यस्तै, मंगलबार ४४ कम्पनीको सेयर मूल्य घटेर ५ कम्पनीको मूल्य रहेको सेयर बजारमा ५ कम्पनीको मूल्यमा १० प्रतिशतको बृद्धि देखिएको छ ।
बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार समूह ०.०९ प्रतिशतले बढेको छ ।
मंगलबार १० प्रतिशत मूल्य बढेका कम्पनीहरुमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार छन् । यी सबै कम्पनी हालै मात्र सूचीकृत भएका हुन् । मंगलबार सबैभन्दा बढी मूल्य घट्ने कम्पनीका रुपमा रहेको हिमालयन पावर पार्टनरको २.७८ प्रतिशतले घटेको छ । मंगलबार सबैभन्दा धेरै कारोबार भएको कम्पनीमा साहस ऊर्जा छ । साहस उर्जाको २२ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।