प्रि–ओपन सेसमा १ अंक घट्यो सेयर बजार

मंगलबार प्रि ओपन सेसनमा ३२ कम्पनीको ६१ पटकको कारोबारमा ९ लाख २५ हजार ५३९ रुपैयाँ ७० पैसाबराबरको २ हजार ६२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ । प्रि–ओपन सेसनमा २५४९.१९ विन्दुमा कायम भएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ ।

मंगलबार प्रि ओपन सेसनमा ३२ कम्पनीको ६१ पटकको कारोबारमा ९ लाख २५ हजार ५३९ रुपैयाँ ७० पैसाबराबरको २ हजार ६२ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ । बाँकी २ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।