नेपाल विद्युतीय व्यवसायी महासंघमा अग्रवालको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति
प्रथम उपाध्यक्षमा गोपाल अग्रवाल, द्वितीय उपाध्यक्षमा लेखनाथ सापकोटा, तृतीय उपाध्यक्षमा प्रकाश चन्द्र पाण्डे, महासचिवमा शंकर देवकोटा, कोषाध्यक्षमा राजेश गौतम, सचिवमा लोकनाथ पोखरेल र सह-कोषाध्यक्षमा शंकर प्रसाद पोखरेललाई चयन गरेको छ ।
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशनले दिलीप कुमार अग्रवालको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार सम्पन्न महाधिवेशनले प्रथम उपाध्यक्षमा गोपाल अग्रवाल, द्वितीय उपाध्यक्षमा लेखनाथ सापकोटा, तृतीय उपाध्यक्षमा प्रकाश चन्द्र पाण्डे, महासचिवमा शंकर देवकोटा, कोषाध्यक्षमा राजेश गौतम, सचिवमा लोकनाथ पोखरेल र सह-कोषाध्यक्षमा शंकर प्रसाद पोखरेललाई चयन गरेको छ ।
कार्यसमिति सदस्यहरूमा कृष्ण प्रसाद कुइकेल, राजेन्द्र पौड्याल, प्रभाकर पुरी, सुजन अधिकारी, डोलराम न्यौपाने, चन्द्रमणि देवकोटा, प्रेम कुमार ठाकुर, दिवेश कुमार जैन र दीपक पौडेल निर्वाचित भएका छन् । कार्यसमितिको कार्यकाल अवधि तीन वर्षको हुनेछ ।